Comments Add Comment

फन्ड ट्रान्सफरको रिचार्जमा खुसीवर्ष भरि योजना सार्वजनिक

२३ भदौ, काठमाडौं । डिशहोमले विभिन्न समयमा प्रदान गर्ने विभिन्न अफरहरु जस्तै यसपालि डिशहोम फण्ड ट्रान्सफर सेवामार्फत ३ महिना, ६ महिना र बाषिर्क रिचार्ज गर्दा भारि छुट सहितको विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ ।

अनलाईन मार्फत सजिलै विना कुनै झन्झट ग्राहकको सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवामार्फत ३ महिना, ६ महिना र १२ महिनाको लागी रिचार्ज गर्न सकिन्छ ।

फण्ड ट्रान्सफर सेवामार्फत एकमुष्ठ रिचार्ज गर्दा ग्राहकहरु लाई महिनैपिच्छे रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्ने झन्झट वाट मुक्ति मिल्छ भने वाषिर्क रिचार्ज गर्दा भारी छुट पनिप्राप्तगर्न सकिन्छ ।

साथमा फण्ड ट्रान्सफर सेवामार्फत रिचार्ज गर्दा विभिन्न एड अन प्याकेज पनि छानी छानी लिन सकिन्छ । जुन सुविधा रिचार्ज कार्ड वा अन्य सेवा प्रदायकमार्फत रिचार्ज गर्दा प्राप्त हुने छैन ।

३ महिनोको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाको लागी आफूलाई मन परेको कुनै एक एड अन प्याकेज छानी छानी लिन सकिन्छ ।

वाषिर्क रिचार्ज गर्दा पहिले ४२०० मा हेरिरहेको बेसिक प्याकेज ३६०० मै हेर्न सकिन्छ । यस्तै मिडियम प्याकेज ४८०० को सट्टा ४२००, वेसिकप्लस ५१०० को सट्टा ४५००, मिडियम प्लस ५७०० को सट्टा ४९९८, सुपर एचडी ६००० को सट्टा ४९९९, पि्रमियम एचडी ७२०० को सट्टा ५७९९ र लाईफस्टाईल एचडी १०८०० को सट्टा ८४०० मै उपलब्ध हुनेछ ।

फण्ड ट्रान्सफर सेवा डिशहोमको नेपाल भर रहेका आधिकारीक बिक्रेता, डिलर र सव डिलरकोमा उपलव्ध छ ।

फण्ड ट्रान्सफर सेवा, अफर अन्तरगतका प्याकेज र एड अन प्याकेजको वारेमाविस्तृत जानकारी डिशहोमको आधिकारिक विक्रेता वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment