Comments Add Comment

सागका लागि बक्सिङ खेलाडी छनोट भदौ अन्तिममा

२३ भदौ, काठमाडौं । नेपाल बक्सिङ संघले १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा सहभागिता जनाउने खेलाडीको अन्तिम छनोट भदौ २९ देखि ३१ सम्म गर्ने निर्णय गरेको छ ।

सागको लागि बक्सिङ खेलाडीको फाइनल छनोट लगनखेलस्थित आर्मीको तालिम केन्द्रमा सञ्चालन हुनेछ । छनोटमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम, दोस्रो र तृतीय हुने खेलाडी सहभागिता जनाउन पाउने छन् ।

आठौका पदक विजेता खेलाडीहरु १३औं सागका लागि लामो समयदेखि बन्द प्रशिक्षणमा रहँदै आएका छन् । त्यस्तै, यो छनोटमा क्षमतावान अन्य खेलाडीले पनि संघको सिफारिसमा खेल्न पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment