Comments Add Comment

रासिदको कप्तानीमा अफगानिस्तानले टेष्टमा बंगलादेशलाई हरायो

२३ भदौ, काठमाडौं । रासिद खानले आफ्नो कप्तानीमा खेलेको पहिलो टेष्टमा नै अफगानिस्तानलाई जित दिलाएका छन् ।

कप्तान खानको उत्कृष्ट प्रदर्शनसँगै अफगानिस्तानले बंगलादेशलाई २२४ रनले हराएको हो । ३८३ रनको लक्ष्य पछ्याएको बंगलादेशले ६ विकेटको क्षतिमा बनाएको १३६ रनबाट पाँचौं तथा अन्तिम दिनको खेल थालेको थियो । तर वर्षाले पटकपटक खेल रोकियो ।

वर्षा रोकिएपछि सुरु भएको खेलमा जाहिर खानले सकिब अल हसनको विकेट लिए । त्यसपछि रासिद खानले मेहदी हसन मिराज र तैजुल इस्लामलाई पभेलियनको बाटो देखाए । उनले दशौं विकेटका रुपमा शौम्य सरकारलाई आउट गरे । दोस्रो पारीमा मात्र उनले ६ विकेट लिए ।

यसअघि अफगानिस्तानले राहत शाहको शतकको मदतमा पहिलो पारीमा ३४३ रन बनाएको थियो । बंगलादेशलाई २०५ रनमा समेटेको उसले दोस्रो पारीमा २६० रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment