Comments Add Comment

बसमा युवतीमाथि दुर्व्यवहारको आरोपमा पूर्वसभासद पक्राउ

२३ भदौ, काठमाडौं । सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसभासद योगेन्द्र घिसिङ पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले घिसिङलाई पक्राउ गरिएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘यातायातमा युवतीमाथि दुर्व्यवहार गरेको आरोप लागेपछि पक्राउ गरिएको हो ।’

प्रहरीका अनुसार रत्नपार्कबाट ललितपुरको भैंसेपाटीसम्म जाने बसमा सवार उनले क्याम्पस पढ्ने २१ वर्षकी युवतीमाथि दुर्व्यवहार गरेको भन्दै अन्य यात्रुले उनलाई नियन्त्रणमा लिएका थिए ।

यात्रुले नै घिसिङलाई प्रहरीको जिम्मा लगाएको बताइएको छ । पीडितले उनीविरुद्ध जाहेरी पनि दिएकी छन् ।

घिसिङ संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट समानुपातिक सभासद् बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment