Comments Add Comment

क्यानडामा ‘नेपाल डे’ मनाइने, बसहरुमा पोष्टर टाँसेर भ्रमण वर्षको प्रचार

टोरोन्टो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर एनआरएनए क्यानडाले टोरोन्टोमा ‘नेपाल डे’ मनाउने भएको छ ।

यही १९ सेप्टेम्बरका दिन विभिन्न नेपाली संघसंस्थाहरुसँगको सहकार्यमा टोरोन्टोको क्विन्सपार्कमा हुने कार्यक्रममा ओन्टारियो राज्यका सरकारी प्रतिनिधिहरुको सहभागिता रहने प्रवक्ता दिनेश खतिवडाले बताए ।

यस कार्यक्रमबाट क्यानडेली पर्यटकहरुलाई नेपालबारे जानकारी दिइने र नेपाल जान उनीहरुलाई प्रेरित गरिने बताइएको छ ।

यसअघि नेपाल पर्यटनबोर्ड क्यानडा लगायतका संघसंस्थाहरुले ब्राम्पटन र मिसिसागा शहरमा गुड्ने सार्वजनिक बसहरुमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी व्यानरहरु टाँसेर क्यानडामा प्रचार प्रसार सुरु गरिसकेका छन् ।

अहिले यी सहरहरुमा गुड्ने धेरैजसो बसहरुमा नेपाल सम्बन्धी व्यानरहरु देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment