Comments Add Comment

एस्टोनियाको पोष्टमा नेदरल्यान्ड्सको चार गोल

Photo Credit :  यूईएफए

२४ भदौ, काठमाडौं । नेदरल्यान्ड्सले युरो कप छनोट फुटबलमा घरेलु टोली एस्टोनियामाथि फराकिलो जित हात पारेको छ ।

सोमबार राति समूह ‘सी’मा रहेको नेदरल्यान्ड्सले एस्टोनियालाई  ४–० गोलअन्तरले पराजित गरेको हो । नेदरल्यान्ड्सको जितमा रियन बाबेलले २, मेम्फिस डिपय र जर्जिनियो विज्नाल्डुमले समान १–१ गोल गरे ।

खेलको पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेदरल्यान्ड्सले दोस्रो हाफमा थप तीन गोल गर्दै जित हात पारेको हो । खेलको १७ औं मिनेटमा नै बाबेलले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए ।

खेलको ४७ औं मिनेटमा बाबेलले दोस्रो गोल गर्दै नेदरल्यान्ड्सलाई २–० गोलको स्थितिमा पुर्‍याए । कमजोर मानिएको घरेलु टोली एस्टोनियामाथि नेदरल्यान्ड्सका मेम्फिसले खेलको ७६ औं मिनेटमा गोल गर्दै ३–० गोलको अग्रता दिलाए । खेलको ८७ औं मिनेटमा नेदरल्यान्ड्सले अर्को गोल थप्न सफल भयो । योपटक भने विज्नाल्डुमले गोल गर्दै ४–० गोलको जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment