Comments Add Comment

युरो कप छनोट फुटबलमा जर्मनीसँग उत्तरी आयरल्यान्ड स्तब्ध

Photo Credit : यूईएफए

२४ भदौ, काठमाडौं । जर्मनीले युरो कप छनोट फुटबलमा घरेलु टोली उत्तर आयरल्यान्डलाई पराजित गरेको छ ।

समूह ‘सी’ मा रहेको जर्मनीले उत्तरी आयरल्यान्डलाई सोमबार राति २–० गोलअन्तरले पराजित गरेको हो । जर्मनीको जितमा मार्सेल हलेस्टेनबर्ग र सर्ज गनाब्रीले समान १–१ गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलको जर्मनीले दोस्रो हाफमा भने घरेलु टोली उत्तरी आयरल्यान्डमाथि दुई गोल गर्न सफल भयो । खेलको ४८ औं मिनेटमा हलेस्टेनबर्गले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

एकपछि अर्को प्रहार गर्दै खेले पनि जर्मनीले गोल गर्ने निकै अवसर खेर फालेको थियो । तर खेलको अतिरिक्त समयमा गनाब्रीले गोल गर्दै जर्मनीलाई २–० गोलको जित दिलाए ।

उत्तरी आयरल्यान्डलाई पराजित गरेसँगै जर्मनी समूह ‘सी’ मा शीर्ष स्थानमा उक्लिएको छ । पाँच खेल खेल्दै १२ अंक बनाएको जर्मनी गोलअन्तरमा उत्तर आयरल्यान्डलाई पछि पारेको हो । उत्तरी आयरल्यान्डको पनि १२ अंक नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment