Comments Add Comment

यो गाउँमा बस्छन् केबल एकजना मान्छे, तर छैनन् एक्लै

काठमाडौं । रुसको सीमावर्ती गाउँ डोबरुसामा ३० वर्ष पहिलेसम्म झण्डै २ सय मानिस बस्दथे । तर अहिले उक्त गाउँमा जम्मा एकजना मानिस बस्दछन् ।

सोभियत संघको विघटनसँगै उक्त गाउँका मानिसहरु आसपासका सहरतर्फ बसाइँ सर्न थाले । कतिपय मानिसको मृत्यु भयो । अन्तिममा गाउँमा बस्ने केवल एकजना मात्र मान्छे बँचेका छन् । गाउँका ती एक्ला बासिन्दाको रहन सहनका बारेमा थाहा पाउनुभयो भने तपाईं हैरान हुनुहुनेछ ।

हुनत गत फेब्रुअरीसम्म गाउँमा ३ जना मान्छे थिए । तर फेब्रुअरीमा एक दम्पत्तिको हत्या भएसँगै गाउँमा बस्ने एकमात्र व्यक्ति गरिसा मुन्टेन रहेकी छन् ।

गाउँमा मान्छेको नाउँमा गरिसा एक्लै छिन्, तर उनी एक्ली छैनिन् । उनका धेरै साथी जीवजन्तुहरु छन् । उनीसँग पाँचवटा कुकुर, ९ वटा टर्की चरा, दुईवटा बिरालो, ४२ वटा कुखुरा, १२० वटा हाँस तथा ५० वटा परेवा छन् । त्यस्तै हजारौँ माहुरी पनि उनको घरमा रहेका छन् ।

गाउँमा एक्लै बस्दा एक्लोपनले सताउने भएकाले एक्लोपन हटाउनका लागि जीवजन्तुको सहारा लिएको उनको भनाइ छ । खेतमा काम गर्दा आफूले रुखबिरुवा, जनावर तथा चराहरुसँग कुराकानी गरिरहने उनी बताउँछिन् ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment