Comments Add Comment

‘पोई पर्यो काले’ निर्देशकको आग्रह–‘नेपाली फिल्मलाई दया होइन माया गर्नुहोस्’

निर्देशक शिशिर राणा कात्तिक ८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पोई पर्यो काले’लाई लिएर उत्साहित छन् । अर्कोतिर, उनको मनमा डर पनि छ । किनकी, यो मितिमा बलिउडको ठूलो मानिएको चलचित्र ‘हाउसफूल ४’ पनि रिलिज हुँदैछ । ठूलो बलिउड चलचित्र आउँदा हलवालाले कस्तो खालको व्यवहार गर्छन् भन्ने चर्चा गरिराख्न आवश्यक छैन ।

नेपाली चलचित्रलाई पाखा र विदेशीलाई काखा च्यापेर रमाउन केही हल संचालक सबैभन्दा अगाडि छन् । शिशिरलाई पनि हलवालाको यस्तै दुखलाग्दो व्यवहारले तर्साएको हुनुपर्छ ।

शिशिरले हलवालासँग भने–‘नेपाली चलचित्रलाई दयाको होइन, मायाको खाँचो छ ।’ उनका अनुसार, नेपाली चलचित्र विदेशी चलचित्रसँग रिलिज हुँदा हलवालाले माया होइन दया देखाउने गरेका छन् । २–४ शो, त्यो पनि बिहानको दिइहालौ न भन्ने खालको सोच हलवालाको छ । यसैले, नेपाली चलचित्रलाई दयाको शैली उनीहरुले अपनाउने गरेका छन् ।

चलचित्र ‘मारुनी’लाई पनि दयाको शैली अपनाउँदा दर्शक हलमा आउँदा पनि कम शो भएर निर्माता मर्कामा परेको प्रष्ट छ । १ करोडमा किनेको हिन्दी चलचित्रको लगानी उठाएर कमाउने लोभमा २ करोडमा बनेको आफ्नै देशको चलचित्रमाथि हलवालाको कमजोर सोच रहेसम्म चलचित्र बनाउनेमा यस्तो खालको डर रहिरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment