Comments Add Comment

कलाकार संघको कार्यक्रम किन यती फिक्का ?

चलचित्र कलाकार संघ स्थापना भएको ३२ बर्ष भयो । कलाकार संघले बनाइदिएका सर्टिफिकेटले कती कलाकार विदेश पुगे । तर, कलाकार संघको औचित्य कलाकारका लागि प्रमाणपत्र बनाउने भन्दा माथि कहिले हुन सकेन ।

चलचित्र कलाकार संघले सोमबार काठमाण्डौमा आफ्नो स्थापनाको ३२ औं बर्ष पुगेको अवसर पारेर कार्यक्रमको आयोजना गर्यो । रविन्द्र खड्का नेतृत्वको कलाकार संघको कार्यक्रम निकै नै कमजोर देखियो । किनकी, कलाकारहरुको छाता संगठनको स्थापना दिवसमा कलाकारको संख्या न्यून थियो । अझ, नाम चलेका र चिनिने अनुहार त औलामा सजिलै गन्न सकिन्थ्यो ।

कलाकार संघको कार्यक्रममा कलाकारको उपस्थिती न्यून हुनु नौलो कुरा नै भएन । तर, नयाँ नेतृत्व आएपछि कलाकार र संघविचको दुरी घटाउँदै लैजाने अपेक्षा गरिएको थियो । तर, त्यस्तो भएन ।

कार्यक्रममा उपस्थितहरु बस्नका लागि राखिएको कुर्सी अधिकांश खाली नै देखिए । चुनावी समयमा निकै नै तातिने कलाकार संघ अरु बेलामा सुनसान जस्तै देखिन्छ । यहीकारणले गर्दा पनि हुनसक्छ, कलाकार संघको कार्यक्रममा कलाकार नै उपस्थित हुन सकेका छैनन् । यो डरलाग्दो अवस्था कसरी हल गर्न सकिन्छ भन्ने बिषयमा कलाकार संघको नेतृत्वले बेलैमा सोच्न आवश्यक छ ।

 

तस्वीर सौजन्यः दिपेन्द्र घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment