Comments Add Comment

सारा भन्छिन्–‘करिश्मा कपुरको भूमिका गर्दा दबाब महशुश गरेकी छैनँ’

बलिउडमा नयाँ पुस्ताका नायिकाहरुमा साराअली खानको नाम सबैभन्दा अगाडि आउँछ । चलचित्र ‘केदारनाथ’बाट डेब्यू गरेकी यी सुन्दरीले छोटो समयमा नै गरेको प्रगती लोभलाग्दो छ । एकपछि अर्को ठूलो ब्यानरका चलचित्रमा उनले नै काम गरिरहेकी छिन् । उनै, सारा अहिले नायक वरुण धवनसँग चलचित्र ‘कुल्ली नम्बर १’को रिमेकमा काम गर्दैछिन् ।

यो चलचित्र नायक गोविन्द र नायिका करिश्मा कपुरको हिट चलचित्रको रिमेक हो । ‘कुल्ली नम्बर १’ले करिश्मा र गोविन्दको जोडीलाई पनि स्थापित गरेको थियो । यसैले, पनि साराका लागि अहिले करिश्माको भूमिका गर्नु आफै चुनौतीपूर्ण काम छ ।

तर, नायिका खानले आफूले करिश्मालाई संझेर दबाब महशुश नगरेको स्पष्ट पारेकी छिन् । सारा भन्छिन्–‘एउटा हिट जोडीको भूमिकालाई पर्दामा फेरि गर्नु आफैमा जोखिमपूर्ण काम हो । तर, म यो कुरा संझिएर दबाब महशुश गर्न चाहन्नँ । किनकी, यसले काममा असर गर्छ ।’

साराले चलचित्रका लागि नायक वरुण धवन र आफूले निकै नै मिहिनेत गरेको बताइन् । चलचित्र हेर्दा गोविन्द र करिश्माको अभाव महशुश हुन नदिन आफूहरुले सक्दो मिहिनेत गरेको उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment