Comments Add Comment

कप्तान रोहित ६७ रनमा आउट

२४ भदौ, काठमाडौं । नेपालका कप्तान रोहितकुमार पौडेल एसीसी यू-१९ एसिया कप क्रिकेटको समूह ‘बी’ को अन्तिम खेलमा यूएईविरुद्ध ६७ रन बनाएर आउट भएका छन् ।

यू-१९ एसिया कप क्रिकेटबाट बाहिरिसकेका यूएई र नेपालबीचको खेल अहिले जारी छ । यो खेलमा नेपालका लागि कप्तान रोहितले उत्कृष्ट प्रदर्शन गर्दै ६७ रन बनाएर आउट भए । उनले ८३ बलको सामना गर्दै आठ चौका र एक छक्का प्रहार गर्दै ६७ रन बनाएका थिए ।

रोहितले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो विकेटका लागि आशिफ शेखसँग ७१ रनको साझेदारी गरे । त्यस्तै, रोहितले सन्दीप जोरासँग मिलेर ८५ रनको साझेदारी गर्दै नेपालको पारी सम्हालेका थिए ।

रोहित आउट भएसँगै भीम सार्की पनि एक रनमै आउट भएको छ । यसअघि आशिफले ४५ रन बनाएर आउट भए । यो पटक भने ओपनिङ ब्याट्सम्यान पवन सर्राफ र रित गौत्तम शुन्य रनमै आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment