Comments Add Comment

घोराही उपमहानगरपालिका १४ मा डेंगुविरूद्ध अभियान सुरु

२५ भदौ, घोराही । दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ ले डेंगु रोगविरुद्ध अभियान सुरु गरेको छ । घोराही १४ स्थित शुभप्रभात माविबाट अभियान सुरु गरिएको हो ।

अभियानको उदघाटन गर्दै वडा अध्यक्ष शक्तिराम डाँगीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई घर वरपर रहेका खाल्डाखुल्डी पर्नुपर्ने, झुलभित्र सुत्नुपर्ने लगाएतका कुरामा ध्यान दिन आग्रह गरे ।

अनिवार्य रुपमा लामा बाहुला भएका कपडा लगाउन पनि उनले सुझाव दिए ।

पछिलो समय दाङको घोराही उपमहानगरपालिकामा ७, तुलसीपुर उपमहानगरपालिकामा ६ र बबई गाउँपालिकामा २ जना गरी जम्मा १५ जना डेंगुका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

तीन जना बिरामीलाई काठमाडौंस्थित टेकु अस्पतालमा पठाइएको र अन्यको जिल्लाभित्रै उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका डंेगु रोग नियन्त्रण शाखाका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

नेपालमै पहिलो पटक २००४ सालमा चितवनमा र २०७२ सालमा दाङमा डेंगु रोग देखा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment