Comments Add Comment

कुञ्ज नाटक घरमा भीमनिधि तिवारीको ‘टीका’

काठमाडौं । थापागाउँको कुञ्ज नाटक घरमा नाटक ‘टीका’ प्रदर्शन सुरु भएको छ । चर्चित साहित्यकार भीमनिधि तिवारीले लेखेको ‘टीका’ एक्य हेभेन अफ आर्टको प्रस्तुतिमा कुञ्जमा प्रदर्शन गरिएको हो ।

कुञ्जमा प्रस्तुत भइरहेको ‘टीका’मा कामका लागि मुग्लान जानु पर्ने नेपाली युवाहरुको बाध्यता र आफ्नो परिवारसँग बसेर चाडवाड मनाउन नपाउँदाको पीडा समेटिएको छ ।

यही भदौ ३१ गतेसम्म प्रदर्शन हुने नाटक टीका बुधबार बाहेक हरेक दिन साँझ ५ः३० बजेदेखि कुञ्जमा सुरू हुन्छ । शनिबार भने १ बजे पनि प्रदर्शन हुने एक्य हेभेन अफ आर्टले जनाएको छ ।

संगीत सापकोटाले निर्देशन गरेको नाटक ‘टीका’मा श्रवण राना मगर, विनिता गुरुङ, राजकमल फकिर, न्हुँज महर्जन, दिपेश काफ्ले, शारदा अधिकारी, सविन भट्टराई, मणिराज पौडेेललगायत कलाकारको अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment