Comments Add Comment

लागूऔषधसहित पाँच जना पक्राउ

२५ भदौ, कैलाली । जिल्ला प्रहरी कार्यालय, कैलालीले लागूऔषध ओसारपसारमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका २ का २० वर्षीय नरेन्द्र बिष्ट, वडा नम्बर ५ बस्ने मनोज भण्डारी र वडा नम्बर ३ बस्ने ३० वर्षीय सुमित अधिकारी रहेका छन् । उनीहरुलाई भन्सार क्षेत्रबाट पक्राउ गरिएको हो । प्रहरीले उनीहरुको साथबाट चार ग्राम ९८ मिलिग्राम ब्राउन सुगरसहित स्पास्मो प्रोक्सीभन प्लस, पारभोरिन स्पास, विन्सपास्म, नाइट्राभेट लगायतका लागुऔषध बरामद गरेको छ ।

त्यसैगरी, वडा नम्बर १० जुगेडाबाट धनगढी उपमहानगरपालिका–३, बोराडाँडीका २६ वर्षीय राम राना र सोही ठाउँका १८ वर्षीय सुनील रानालाई पनि ब्राउन सुगरसहित पक्राउ गरेको छ । उनीहरुको साथबाट दुई ग्राम ७५० मिलीग्राम ब्राउन सुगर बरामद गरेको छ । पक्राउ परेका सबैविरुद्ध लागूऔषध खैरो हिरोइन शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । प्रहरीले दुवै स्थानबाट दुई वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment