Comments Add Comment

बच्चा हुर्काउने सरल तरिका

अहिलेका दम्पत्तिलाई बच्चा जन्माउन र हेरचाह गर्न निकै गाह्रो हुन्छ । व्यस्त जीवनशैली, आमा-बुवा दुवै कामकाजी हुनु र एकल परिवार भएको कारणले बच्चालाई हुर्काउन निकै कठिन हुने गरेेको छ । संयुक्त परिवारमा बच्चा कुन समयमा ठूलो भयो पत्तै पाइँदैन भने एकल परिवारमा दिनदिनै कठिन तरिकाले बितेको हुन्छ । त्यसैले आज हामी एकल परिवारमा बच्चाको लालन-पालन कसरी गर्ने र यो कठिन कुरालाई कसरी सहज बनाउने भन्ने बारेमा केही जानकारी दिँदैछौं ।

बेबी केयर प्रोडक्ट

बच्चालाई एक्लै हुर्काउनु एउटा साहसी र चुनौतीपूर्ण कार्य हो । विशेष गरेर त्यो समयमा बच्चा हुर्काउन कठिन हुन्छ, जुन समयमा तपाईं एकल परिवारमा हुनुहुन्छ र तपाईंको पहिलो बच्चा हुन्छ । त्यस्तो अवस्थामा आमा-बुबालाई बच्चालाई कसरी हुर्काउने भन्नेबारे केही थाहा हुँदैन्ा । अभिभावकका त्यस्ता समस्याहरुलाई समाधान गर्नका लागि बजारमा धेरै कम्पनीहरुले एडभान्स बेबी केयर प्रोडक्ट ल्याएका छन् । जसले अभिभावकहरुलाई बच्चा हुर्काउन सजिलो बनाउँछ ।

ब्रेस्ट पम्प

यदि आमालाई कामले बाहिर निस्कनु पर्ने भएमा र उनले चाहेर पनि स्तनपान गराउन सकिनन् भने ब्रेस्ट पम्पिङ त्यस्ता आमाहरुका लागि वरदान हो । ब्रेस्ट पम्पिङको माध्यमबाट जति चाहे त्यति दूध स्टोर गर्न सकिन्छ । आमा बाहिर निस्केपछि पनि बच्चाले सजिलै दूध पिउन सक्छ । ब्रेस्ट पम्पले आमाको जीवन सजिलो बनाइदिन्छ र बच्चाको लालन-पालनमा पनि सहयोग गर्छ ।

फोल्डेबल बाथटब

अनुभव र जानकारीको अभावका कारण बच्चा जन्मेपछि आमा-बुबा उसलाई नुहाइदिन डराउँछन् । तर फोल्डेबल बाथटबले बच्चा नुहाइदिने प्रकृयालाई सजिलो बनाइदिन्छ, किनभने यो बच्चा नुहाउन सजिलो होस् भन्ने ध्यान दिएर बनाइएको हुन्छ । फोल्डेबल बाथटब सुविधाजनक हुन्छ र विशेष गरेर त्यो समयमा जुन समयमा तपाईं यात्रा गरिरहनु भएको हुन्छ । त्यो फोल्ड हुने भएकाले बोक्न र सानो ठाउँमा पनि राख्न सकिन्छ ।

सानो बच्चादेखि एक अथवा दुई वर्षका बच्चाहरुको लागि यो उपयुक्त हुन्छ । पछि बच्चा ठूलो भएपछि त्यसमा भएको मोड्युललाई हटाएर बच्चालाई बसाएर पनि नुहाइदिन सकिन्छ ।

प्राइम कम स्ट्रोलर

यात्रा गर्दा बच्चालाई यसमा राखेर हिँड्न निकै सजिलो हुने साधन हो । यदि तपाईं किनमेलमा व्यस्त हुुनुुहुन्छ भने तपाई आफ्नो बच्चालाई स्ट्रोलरमा राखेर आफ्नो जरुरी काम गर्न सक्नु हुन्छ । यदि तपाईं बाहिर घुम्न जाँदै हुनुहुन्छ भने प्राइम कम स्ट्रोलर तपाईंको लागि अति सुविधाजनक हुन्छ ।

यदि तपाईंको बच्चाको वजन बढी छ अथवा आमाको पर्याप्त क्षमता नभएको कारण बच्चालाई बोकेर हिँड्न नसकेको अवस्थामा समयमा प्राइममा बसाएर अथवा सुताएर सजिलै बाहिर लिएर हिँड्न सक्नु हुन्छ । यसलाई हामी बच्चा ठूलो हुँदासम्म प्रयोग गर्न सक्छौं । प्राइमलाई तपाई स्ट्रोलरको रुपमा पनि प्रयोग गर्न सक्नु हुन्छ । यसमा एक-दुई वर्षका बच्चालाई पनि सजिलै बसाउन सकिन्छ र गाडिको सीटमा पनि सजिलै राख्न सकिन्छ । यो सुरक्षित पनि हुन्छ । तर यसलाई किन्दा केही कुरामा ध्यान दिनु आवश्यक छ । किन्नुअघि सीट बेल्ट, लक, ब्रेक, किनारा आदिलाई राम्रोसँग हेर्नु पर्छ ।

टोडलर बुस्टर

शिशु अर्थात टोडलर बुस्टर सीटहरु तपाईंको बच्चालाई सुरक्षित राख्नको लागि सर्वोत्तम तरीकामध्ये एक हो । ड्राइभिङ्ग गर्दा बच्चालाई सुरक्षित राख्न अति नै आवश्यक छ । तीन वर्षभन्दा कम उमेरका बच्चाहरुलाई कारको सीटमा बसाउनुभन्दा बुस्टर सीटमा बसाउनु पर्छ । तपाईं सपिङको लागि होस् वा कतै घुम्न जाँदा होस् बुस्टर सीट भयो भने बच्चाको यात्रा सुविधाजनक हुन्छ ।

कहिलेकाहीँ बजारमा किनमेल गर्दागर्दै बच्चाहरु सुत्छन्, जसको कारण तपाईंलाई सामान र बच्चा दुवै बोक्न गाह्रो हुन्छ । यस्तो स्थितिमा तपाईंले बच्चालाई बुस्टरमा बसाइदिएर गाडीमै छोडिदिन पनि सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment