Comments Add Comment

भारतीय गायक टोनी कक्कर नेपाल आउँदै

२५ भदौ, रौतहट । भारतीय गायक तथा कम्पोजर टोनी कक्कर काठमाडौं आउने भएका छन् । १९ सेप्टेम्बर बिहीबारका दिन उनी नेपाल आउन लागेका हुन् ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा उनले काठमाडौंमा प्रस्तुति दिने बताएका छन् ।

सीनआई इभेन्टले गायक कक्करलाई नेपाल ल्याउन लागेको हो । काठमाडौंको क्लब फेरनहाइटमा उनले प्रस्तुति दिने कार्यक्रमका लागि टिकटको दर पाँच हजार र पैतिस सय राखिएको आयोजकले जनाएको छ ।

गायक कक्करले मिले हो तुम हमको, धिमेधिमे, कोकाकोला तुलगायतका गीतमा गाउनेछन् । कार्यक्रममा नेपाली ब्याण्ड तथा डिजेहरुले पनि प्रस्तुति दिनेछन् ।

सो कार्यक्रमका लागि टोनी कक्करसँगै फ्रेक स्ट्रिटलगायतका अन्य नेपाली ब्याण्ड तथा डिजेहरुको प्रस्तुति रहने सीनआईका साजन जयसवालले बताए । कार्यक्रमको टिकट इसेवा तथा फोनपे जस्ता अनलाइन पेमेन्टबाट पनि गर्न सकिने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment