Comments Add Comment

कोरिया र भारतमा रहेका नेपालीको प्रभु बैंकले खाता खोलिदिने

२५ भदौ, काठमाडौं । प्रभु बैंक र वित्तीय पहुँच विस्तारमा काम गर्दै आएको संस्था सक्षमबीच समझदारी भएको छ । बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा बैंक र सक्षमबीच कोरिया र भारतमा रहेका २१ हजार नेपालीको खाता खोल्नका लागि समझदारी भएको हो ।

समझादारी पत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सक्षमका तर्फबाट निर्मल दाहालले हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु बैंकले कोरिया र भारतमा रहेका २१ हजार नेपालीहरुको बैंक खाता खोल्नु पर्नेछ ।

सम्झौता पत्रमा यि देशहरुमा रहेका नेपालीका आफन्तहरु (स्वदेशमा रहेका) लाई ऋण लगानी समेत गर्नु पर्नेछ । सम्झौता पत्रमा कम्तिमा पनि ति परिवारका ६ सय जनालाई कर्जा लगानी गरेर उद्यमशिल बनाउनु पर्ने उल्लेख गरिएको छ ।

समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजना गरिएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ प्रमुख अतिथिको रुपमा थिए । उनले सहमति पछि नेपालमा वैधानिक च्यानलबाट रेमिट्यान्स भित्रिन थप मद्दत पुग्ने बताए ।

अहिले रेमिट्यान्स पठाउदा कुल रकमको १.७ प्रतिशत शुल्क लाग्ने उनले जानकारी दिए । यो ठूलो शुल्क नभएको भन्दै उनले बैंकिङ च्यानलबाट रेमिट्यान्स भित्र्याउन सबैले भूमिका खेल्नु पर्ने बताए ।

कार्यक्रममा प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले सक्षमसँगको सहकार्यले काम गर्न थप होसला प्रदान गर्ने बताए । सक्षमसँगको सहकार्यले विकट क्षेत्रमा शाखा खोल्न महत्वपूर्ण योगदान गरेको भन्दै उनले निरन्तर सहकार्यको आफूले अपेक्षा गरेको बताए ।

यस परियोजनाका लागि सक्षमले बैंककलाई १० करोड रुपैयाँ उपलब्ध गराएको छ ।

उक्त परियोजनाको मुख्य उद्देश्य भनेको दक्षिण कोरिया र भारतमा रहेका आप्रवासी नेपालीहरु र भारतमा वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारहरुलाई विप्रेषणको सदुपयोग गरी सम्पत्तिको बृद्धि र संरक्षण गर्नको लागि वित्तीय पहुँच पु¥याउनु रहेको बैंकका सीईओ शेरचनले बताए ।

सीईओ शेरचनले यो सम्झौताले आप्रवासमा रहेका व्यक्ति र तिनका परिवारको वित्तीय आवश्यकता पुरा गर्न उद्देश्यमुलक बचतका साथै अतिरिक्त वित्तीय सेवाहरु (जस्तै क्रेडिट, बीमा) र गैर वित्तीय सेवाहरु जस्तै वित्तीय शिक्षा र व्यवसाय विस्तार गर्न सम्पत्ति वृद्धि गर्ने प्याकेजको विकास गरी लक्षत वर्गलाई प्रदान गर्न सहयोग मिल्ने कुरा व्यक्त गरे ।

सक्षम, वित्तीय पहुँच नेपाल सरकार र यु.के सरकारको सम्झौता अनुरुप यु.के.एडको आर्थिक सहयोगमा संचालित कार्यक्रम हो । यो कार्यक्रम लुईस बर्जरले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संस्थाहरुसंगको सहकार्यमा डि.एफ.आई.डि. को लागि संचालन गरेको कार्यक्रम हो ।

प्रभु बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट क वर्गको ईजाजत प्राप्त वित्तीय संस्था हो । यसले स्थापनको कयौं वर्ष पार गरी सकेको र सो को दौरान विभिन्न सात वटा वित्तीय संस्थाहरुलाई समेटेर अघि बढी रहेको छ ।

यस बैंकले देशको सबै भौगोलिक क्षेत्रहरुलाई समेट्ने गरी विभिन्न स्थानहरुमा १९४ वटा शाखाहरु, २९ वटा विस्तारित काउन्टरहरु र १५२ वटा ए.टि.एम हरुको माध्यमद्वारा १० लाख भन्दा बढी व्यक्तिहरुलाई वित्तीय सेवा प्रदान गरी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment