Comments Add Comment

‘फिल्म क्षेत्रमा कुरा काट्ने माहोल देख्दा विरक्त लाग्छ’: साम्राज्ञी(भिडियो)

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई झट्ट हेर्दा र पहिलो पटक देख्दा धेरैलाई घमण्डी लाग्छ । साम्राज्ञी आफूलाई सानैदेखि सबैले यस्तै सोच्ने बताउँछिन् । साम्राज्ञी भन्छिन्–‘म त सानैदेखि यस्तै थिएँ । बच्चाहरु मसँग बोल्न डराउथ्य । धेरैलाई म घमण्डी छु जस्तो लाग्थ्यो ।’

साम्राज्ञीलाई चलचित्र क्षेत्रमा एकले अर्काको कुरा काटेको फिटिक्कै मन पर्दैन । उनी भन्छिन्–‘मलाई फेरि कुरा काटेको मन नै पर्दैन । यहाँ त मैले अरुको कुरा काट्ने, नचाहिने गसिपममा हल्ला गर्ने धेरै देखेकी छु ।’ उनले अगाडि भनिन्–‘खाली अरुको कुरा काट्ने, खिल्ली उडाउने देख्दा त कहिलेकाही यो क्षेत्र नै छाडेर जाउँ जस्तो लाग्छ ।’

चलचित्र क्षेत्रमा लागेको सुरुवातमा नचाहिदो गसिपले दिक्क भएको बताउँदै साम्राज्ञीले अहिले भने यो सबै कुरालाई ध्यान दिन छाडेको बताइन् । साम्राज्ञी आफूलाई अरुले जस्तो व्यवहार गर्छ, आफूले पनि त्यस्तै व्यवहार गर्ने बताउँछिन् । उनले भनिन्–‘अरुको नराम्रो कुरा गरेर रमाउने मानिस मलाई फिटिक्कै मन पर्दैन ।’

उनले भनिन्–‘म त चाहन्छु मेरो कुरा पनि कसैले नकाटोस्, म त अरुको कुरा काट्दै काट्दिनँ ।’ नायिका साम्राज्ञी अभिनित चलचित्र ‘मारुनी’ अहिले हलमा चलिरहेको छ । रिलिजको सुरुवाती दिनमा औषत व्यापार गरेको चलचित्रले बलियो वर्ड अफ माउथका कारण सुखद कारोबार गरिरहेको छ । उनी अभिनित नयाँ चलचित्र ‘रातो टिका निधारमा’ असोजको १० गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment