Comments Add Comment

यी निर्देशकको प्रेममा छिन् हुमा

गतबर्षदेखि नै बलिउड नायिका हुमा कुरेसी र चलचित्र ‘पति पत्नी और ओ’का निर्देशक मुदस्सर अजीज प्रेममा रहेको खबर सार्वजनिक भैरहेको थियो । तर, यी दुइले एक अर्काको प्रेमलाई स्विकार गरेका थिएनन् । तर, अब भने नायिका हुमा कुरेसीले निर्देशक अजीजको जन्मदिनमा आफ्नो प्रेम स्विकार गरेकी छिन् ।

उनले सामाजिक संजालमार्फत निर्देशकलाई शुभकामना दिदै लेखेकी छिन्–‘मलाई तपाई र तपाइको कामप्रति निकै नै गर्व छ । म चाहन्छु कि तपाइको सम्पूर्ण सपना पुरा होस् । जन्मदिनको धेरै धेरै शुभकामना । मैले सात समुन्द्र पारिबाट यो सन्देश तपाइका लागि पठाइरहेकी छु । तपाई आफ्नो जिन्दगीमा खुशी रहनुहोला । तपाई जती जान्नुहुन्छ, त्यो भन्दा धेरै म तपाइलाई प्रेम गर्छु ।’

हुमाको यो कुराले पनि यी दुई एक अर्कासँग डेटमा रमाइरहेका छन् भन्ने पुष्टी हुन्छ । उनीहरुले अब आफ्नो प्रेमलाई सार्वजनिक गर्न चाहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment