Comments Add Comment

बैंकको सञ्चालक बन्न कडा प्रावधान

२६ भदौं, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालक बन्न अब स्नातकोत्तर तहको अध्ययनका साथमा ३ वर्षको अनुभव पनि चाहिने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, (बाफिया) लाई संशोधन गर्न बनेको विधयेकमा यस्तो व्यवस्था गरिएको हो ।

त्यसो त सम्वन्धित विषयमा स्नातक अध्ययन गरेकाले पनि बैंक सञ्चालक बन्न पाउनेछन् । तर, उनीहरुको हकमा अनुभवको दायरा न्यूनतम ५ वर्ष कायम गरिएको छ ।

विदेशी वा स्वदेशी बैंक तथा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तिमा ५ वर्ष काम गरेको हुनु पर्ने व्यवस्था विधेयकमा गरिएको छ ।

स्नातकोत्तर अध्ययन गरेकाको हकमा स्वदेशी वा विदेशी बैंक तथा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृतस्तरमा कम्तिमा ३ वर्ष काम गरेको हुनुपर्ने विधेयकमा प्रस्ताव गरिएको छ ।

यसअघि ५ वर्षको अनुभव वा स्नातकोत्तर अध्ययनमध्ये एउटा भए सञ्चालक बन्न योग्यता पुग्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment