Comments Add Comment

प्रभु मनि ट्रान्सफरका ग्राहकलाई सिजी इलेक्ट्रेनिक्समा विशेष छुट

२६ भदौ, काठमाडौं ।  प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपाल भित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुका लागि लक्षित गर्दै सिजी ईलेक्ट्रोनिक्ससँग सहकार्य गरेको छ ।

सहकार्यमा आफ्ना ग्राहकहरुलाई सिजी ईलेक्ट्रोनिक्सका विभिन्न ब्राण्डहरु एलजी, सिजी, गोदरेज, टीसीएल आदि इत्यादि सामानहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने व्यवस्था रहेको छ । सो अनुसार नेपालभित्र तथा बाहिरका ग्राहकहरुलाई प्रत्यक्ष फाइदा हुने छ ।

आफ्ना सन्तुष्ट ग्राहकहरुलाई पूर्ण सुविधा दिदैँ आएको कम्पनीले आफ्नो सुविधाको क्षेत्र विस्तार गर्दै जाने र ग्राहकको सन्तुष्टिलाई मध्यनजर गर्दै कम्पनीले यो व्यवस्था ल्याएको हो ।

यस अन्र्तगत कुनै पनि ग्राहकले प्रभुमनि ट्रान्फरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिईने रसिद लिएर सिजी ईलेक्ट्रोनिक्सका कुनै पनि शोरुमहरु सिजी डिजीटल तथा एलजी लाईफ स्टाइल शोरुमबाट टिभी, फ्रिज वासिङ्ग मेशिन तथा अन्य घरायसी सामाग्रीहरु खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो योजना सिमित अवधिको लागि मात्र लागु हुनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment