Comments Add Comment

टाटा एच फाइभ विराटनगरमा सार्वजनिक

२६ भदौ, काठमाडौं ।  नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ले प्रिमियम एसयूभी टाटा एच फाइभ गोएल मोटर्स प्रा. लि. मार्फत् विराटनगरमा सार्वजनिक गरेको छ । भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको मूल्य नेपाली बजारमा शुरुवाती मूल्य ५६ लाख ५५ हजार रुपैयाँ रहेको छ।

‍क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा चर्चित छ। एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोवरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो।

आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्टस्टप, सेमीडिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment