Comments Add Comment

फ्यानले वर्षालाई सोधे–‘के पूजा र आकाशको प्रेम छ ?’

नायिका वर्षा राउतले कहिलेकाही सामाजिक संजाल इन्स्टाग्राममा फ्यानका प्रश्नको जवाफ दिने गरेकी छिन् । तर, यसपटक भने उनलाई एकजना फ्यानले अचम्मको कुरा सोधे । नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मासँग नजिक रहेकाले पनि वर्षालाई फ्यानले यी दुइको प्रेम सम्बन्धको बारेमा प्रश्न सोधेको हुनुपर्छ ।

वर्षालाई फ्यानको प्रश्न थियो–‘आकाश र पूजा प्रेममा छन् भन्ने सुनिन्छ । तपाई दुबैजनासँग यति नजिक हुनुहुन्छ ? यसैले सोधेको ।’ फ्यानको यो प्रश्नको जवाफ वर्षाले आकाशलाई नै दिन लगाएकी छिन् । जसमा आकाशले भनेका छन्–‘हेरौ भविष्यमा के हुन्छ ।’

वर्षाले अहिलेको अवस्थामा के छ भनेर प्रतिप्रश्न गरेकी छिन् । जसमा आकाशले रमाइलो जवाफ दिदै भनेका छन्–‘हामीले बिहे गरिसकेका छौं ।’ आकाशले यो जवाफ दिइसकेपछि वर्षाले म यो इन्स्टाग्राममा पोष्ट गर्नेवाला छु भनेर जवाफ दिएकी छिन् ।

आकाशले दिएको जवाफलाई फ्यानले के भनेर वुझ्ने ? सायद, यसको जवाफ आकाशले अझै गज्जबले देलान् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment