Comments Add Comment

कुमारी बैंकद्धारा ‘साथ–हकुना मटाटा’ लाई सहयोग

कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत वर्षझँै “साथ” नामक एक सामाजिक कल्याण–उन्मुख गैरसरकारी संस्थालाई नगद रू.एक लाखको सहयोग गरेको छ ।

साथले आफ्नो “हकुना मटाटा” परियोजना अन्तर्गत विगत ७ वर्षदेखि सीमान्तकृत परिवारका बालबालिकाको आधारभूत शिक्षा र क्षमता निर्माणमा सहयोग पु¥याईरहेको तथा बहिस्कृत वर्गका महिलालाई जीविकोपार्जनका निमित्त सिपमुलक तालिम दिदैँ आईरहेको छ ।

उक्त संस्थाका प्रशंसनीय कार्यहरुलाई प्रोत्साहन दिएर, समाजलाई समावेशी विकासतर्फ धकेल्ने उद्देश्यका साथ बैंकले यस कार्यक्रमको आयोजना गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत  राजिब गिरि ज् बैंकको प्रमुख कार्यालय परिसरमा एक समारोहबीच साथका परियोजना संयोजकलाई चेक हस्तान्तरण गरेर उक्त कार्यक्रम सम्पन्न गरे ।

आफ्ना देशव्यापी १०७ शाखा संजाल, ९३ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरु दिदँै आएको कुमारी बैंकले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा यस्तै सेवामूलक तथा प्रभावकारी सेवा पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment