Comments Add Comment

महिला फुटबलमा नेपाल फेरि उपविजेता

२६ भदौ, काठमाडौं । किर्गिस्थानमा भएको नदेज्दा कप महिला फुटबलको फाइनलमा उज्वेकिस्तानसँग पराजित हुदै नेपाली महिला टिमले उपविजेतामा चित्त बुझाएको छ ।

किर्गिस्तानको सेन्ट्रल रंगशालामा बिहीबार भएको फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलअन्तरले पराजित हुन पुग्यो । योसँगै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्दै इतिहास बनाउनबाट नेपाली महिला टिम चुकेको छ । अहिलेसम्म नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि जित्न सकेको छैन ।

खेलको ३९औं मिनेटमा उज्वेकिस्तानले गोल गर्दै पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा भने उज्वेकिस्तानले दुई गोल गर्दा नेपालले पनि दुई गोल गर्न सफल भयो तर यो गोल प¥याप्त भएन ।

खेलको ५५औं मिनेटमा उज्वेकिस्तानले गोल गर्दै नेपालविरुद्ध २–० गोलको अग्रता बनाएको थियो भने खेलको ६४औं मिनेटमा अर्को गोल थप्दै ३–० गोलको अग्रता बनाएको थियो ।

तर खेलको ६७औं मिनेटमा अनिता बस्नेतको पासमा सावित्रा भण्डारीको गोल गर्दै ३–१ गोलको स्थितिमा ल्याएकी थिइन् । त्यस्तै, खेलको अन्तिम समयमा नेपालले पेनाल्टी पाएको थियो । ९०औं मिनेटमा सावित्राको पेनाल्टीबाट गोल गरेपनि नेपाललाई जित दिलाउन भने सकिनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment