Comments Add Comment

विप्लव समूहसँगको गोली हानाहानमा मारिएका सञ्जीव राई शहीद घोषित

२६ भदौ, काठमाडौं । सरकारले भोजपुर घटनामा मारिएका प्रहरी जवान सञ्जीव राईलाई शहीद घोषणा गरेको छ ।

सरकारले मृतकको परिवारलाई राहत स्वरुप १० लाख उपलब्ध गराउने गत भदौ २२ गते बसेको मन्त्रिपरिषदको निर्णय छ ।

गत असार २५ गते भोजपुरको हटियामा नेत्रविक्रम चन्द (विप्लव) समूह र प्रहरीबीच गोली हानाहान हुँदा प्रहरी जवान राईको मृत्यु भएको थियो । सोही घटनामा प्रहरी जवानसँगै र विप्लव समूहका कार्यकर्ता निरकुमार राईको पनि मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment