Comments Add Comment

न्यायाधीशका गाडी चालक घुस रकमसहित पक्राउ

२६ भदौ, जनकपुरधाम । अदालतमा विचाराधीन रहेको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेका जिल्ला अदालत धनुषाका न्यायाधीशका सवारी चालक बिहीबार सिरहाबाट पक्राउ परेका छन् ।

सिरहा सदरमुकामस्थित खड्ग होटलबाट १ लाख १० हजार रुपैयाँ  घुस रकमसहित सिरहा जिल्ला अदालतका न्यायाधीश नरनारायण पौडेलका सवारी चालक बृजमोहन यादवलाई पक्राउ गरिएको हो । पौडेल ३ नम्बर इजलाशका न्यायाधीश हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सवारी चालक यादवलाई पक्राउ गरेको हो । उनीविरुद्व थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।

यादव अदालतमा विचाराधीन रहेको लागूऔषध मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment