Comments Add Comment

रक्षामन्त्री पोखरेल र युएईका राजदूतबीच भेट

२६ भदौ, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग बिहीबार नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत एचइ सइद हमदान अल नकवीले शिष्टाचार भेट गरेका छन् ।

रक्षामन्त्री पोखरेलको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको कूटनीतिक, आर्थिक सम्बन्धलाई थप विस्तार गरी द्विपक्षीय हितलाई प्रवर्द्धन गर्ने विभिन्न विषयमा छलफल भएको रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम गौतमले जानकारी दिए ।

भेटमा मन्त्री पोखरेलले नेपाल र संयुक्त अरव इमिरेट्सबीच विगत चालीस वर्षदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउँदै जानुपर्ने विचार व्यक्त गरेका थिए ।

रक्षामन्त्री पोखरेलसँगको भेटमा राजदूत नकवीले नेपाल र संयुक्त अरब इमिरेट्सबीच कूटनैतिक आर्थिक सम्बन्धलाई अझ सुदृढ गरी द्विपक्षीय सम्बन्धलाई थप फलदायी बनाउन सक्दो पहल गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment