Comments Add Comment

हुलाकका कर्मचारीको तलब बढ्यो

विभिन्न निकायमा ८५३ दरबन्दी स्वीकृत

२६ भदौ, काठमाडौं । सरकारले हुलाक सेवा विभाग अन्तर्गत अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुको तलब बृद्धि गरेको छ ।

भदौ २२ गते बसेको मन्त्रिपरिषदको बैठकले हुलाक सेवा विभाग अन्तर्गत अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुको १८ प्रतिशतले पारिश्रमिक बृद्धि गर्ने निर्णय गरेको हो ।

बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले हुलाक सेवाका कर्मचारीको वृद्धि भएको पारिश्रमिक गत साउनदेखि नै लागू हुने जानकारी दिए ।

विभिन्न निकायमा ८५३ दरबन्दी स्वीकृत

सरकारले विभिन्न निकायका लागि ८५३ दरबन्दी स्वीकृत गरेको छ ।

उर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्रालय मातहतको जलस्रोत तथा सिञ्चाइ विभाग अन्तर्गत सञ्चालन हुने आयोजनाका लागि ३६०, सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि ५६ वटा र वेवत्ता पारिएका व्यक्तिको छानविन आयोगका लागि २३ वटा दरबन्दी स्वीकृत गरिएको छ ।

यस्तै, कृषि मन्त्रालय अन्तर्गत सञ्चालित आयोग/परियोजना/आयोजनाका लागि २७२ वटा, कृषि मन्त्रालय अन्तर्गत सञ्चालित नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजनाका लागि १९ वटा, शिक्ष मन्त्रालय अन्तर्गत सञ्चालित आयोजनाका लागि ५८ वटा, संघीय मामिलामन्त्रालय अन्तर्गत सञ्चालित आयाजनाहरुका लागि अधिकृत स्तरका ६५ वटा दरबन्दी स्वीकृत गरिएको सञ्चारमन्त्री बास्कोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment