Comments Add Comment

विदेशी विद्यार्थीले पढाइ पुरा गरेपछि कामका लागि दुई वर्ष युकेमा बस्न पाउने

२६ भदौ, काठमाडौं । काठमाडौं । प्रस्तावित कानून पास भए विदेशी विद्यार्थीहरूले आफ्नो अध्ययन पूरा गरेपछि रोजगारीका लागि दुई वर्ष युकेमा बस्न पाउने भएका छन् । बि्रटेनको गृहमन्त्रालयले गरेको यो प्रस्ताव पास भए त्यहाँ रहेका नेपाली विद्यार्थी पनि लाभान्वित हुनेछन् ।

सन् २०१२ मा तत्कालीन गृहमन्त्री टरिजा मेले विदेशी विद्यार्थीले आफ्नो अध्ययन पूरा गरेको ४ महिनाभित्रै देश छाड्नुपर्ने कानुन ल्याएका थिए । अब त्यसलाई उल्टाउन प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले अब विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउने बताएका छन् । तर ‘माईग्रेशन वाच’ले भने सरकारी प्रस्तावको विरोध गरेको छ ।

प्रस्तावको व्यवस्था आगामी वर्षदेखि युकेमा स्नातक तह वा त्योभन्दा माथिको तहमा अध्ययन थाल्ने विदेशी विद्यार्थीहरुको हकमा लागु हुनेछ । यस्तो संख्या अघिल्लो वर्षसम्म ४ लाख ५० हजार बढी थियो ।

नियमित रूपमा आप्रवासन परीक्षण गराउने शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीहरूले यो मौका पाउने बीबीसीले जनाएको छ ।

प्रस्तावमा विद्यार्थीहरूले गर्न पाउने कामको प्रकृति तोकिएको छैन । संख्याको सीमा पनि छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment