Comments Add Comment

डेंगुबाट विराटनगरमा एक जनाको मृत्यु

२६ भदौ, विराटनगर । डेंगुका कारण विराटनगरमा एकजनको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर– १० का १८ वर्षीय अभिनाश शर्मा रहेका छन् । शर्मा विराटनगरको शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययनरत थिए ।

मंगलबार गोल्डेन अस्पताल विराटनगरमा भर्ना भएका शर्माको बुधबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

अविनाशलाई भदौ २० गते सामान्य ज्वरो आएपछि उपचारका लागि नजिकैको सप्तकोसी नर्सिङ होममा लगिएको थियो ।

स्वास्थ्य परीक्षण गराउँदा उनमा डेंगुको संक्रमण रहेको रिपोर्ट अस्पतालले दिएको थियो । त्यसपछि आरामका लागि घरैमा बसेका शर्मालाई ज्योरोले च्यापेपछि गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो ।

गत जेठदेखि मोरङमा फैलिएको डेंगुका कारण १५९ जना संक्रमित छन् । प्रदेश १ मा पहिलो पटक धरानमा वैशाख ३० गते डेंगु देखिएको हो । सुनसरी धरानमा मात्र तीन हजार ६ सय भन्दा बढी मानिस डेंगुको संक्रमण देखिएको छ ।

गत बैशाख अन्तिम साताबाट फैलिएको डेंगुबाट धरानमा मात्र ३ हजार ६ सय ३९ जना संक्रमण देखिएको धरान उपमहानगरपालिका स्वास्थ्यमहाशाखा प्रमुख रामबाबु यादवले बताए ।

जनचेतनाका लागि विद्यालय शिक्षा सञ्चालन गरिने

गत बैशाख अन्तिम साताबाट फैलिएको डेंगुले धरानमा प्रकोपको रुप लिएको छ ।
तीन महिनासम्म नियन्त्रणमा नआएको डेंगु नियन्त्रणकालागि सर्च एण्ड डिस्ट्रोय अभियान सञ्चालन गरे पनि प्रभावकारी भएको छैन् ।

डेंगु रोगको संक्रमणबाट बच्नका लागि अब विद्यालय शिक्षा कार्याक्रम सञ्चालन गर्ने तयारी भएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment