Comments Add Comment

दुवई जुनियर सेरिजमा प्रिन्सको दोहोरो जित

२६ भदौ, काठमाडौं । नेपालका उदियमान ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल दुवईमा जारी दुवई जुनियर ईन्टरनेशनल सेरिज २०१९ मा पुरुष एकल र मिश्रीत जोडी दुवैतर्फ जित निकाल्न सफल भएका छन् ।

अघिल्लो संस्करणका विजेता पि्रन्सले यू-१९ को एकल खेलको दोश्रो चरणमा दुवईका भर्नूकार्तिक भारथी मोहनलाई पराजित गरेका हुन् । दोश्रो बरियतामा रहेका प्रिन्सले पहिलो चरणमा वाई पाउँदै दोश्रो चरण प्रवेश गरेका थिए । पि्रन्सले बिना बरियताका मोहनलाई २१/८, २१/१५ ले पराजित गरेका हुन् ।

अव उनले तेश्रो चरणमा दुवईका कृष्णकुमार कौशिकसँग प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै दाहाल मिश्रति जोडीमा पनि बिजयी हँदै अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन् । दाहालले दुवईमा नै बसोबास गर्दै आइरहेकी नेपाल महेन्द्रनगरकी सानिया चन्दसँग मिलेर दुवईका नभान नजिव र कारोलिन कोल्कुहोओनलाई २१/१४, २१/१७ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment