Comments Add Comment

अनौठो कबड्डी प्रतियोगिता, पुरस्कारमा पाइन्छ बाख्रा, कुखुरा र अण्डा

प्रतियोगिता चाहे जुनसुकै किन नहोस्, पुरस्कारका रूपमा कप, मेडल वा नगद दिइन्छ । तर भारतको छत्तीसगढ राज्यको गरियाबन्द जिल्लामा हुने कबड्डी प्रतियोगितामा पुरस्कारको रूपमा कप, मेडल वा नगदको साटो अरू नै चिज दिइन्छ । अनौठो पुरस्कारकै कारण उक्त कबड्डी प्रतियोगिता भारतभर चर्चामा रहेको छ ।

दादर गाउँमा हुने उक्त कबड्डी प्रतियोगितामा विजेतालाई बाख्रा, कुखुरा, माछा तथा अण्डा दिने भनी आयोजकले घोषणा गरेसँगै त्यसले राम्रै चर्चा कमाएको छ । प्रतियोगिताको पुरस्कारसम्बन्धी पर्चा सोसल मिडियामा भाइरल नै बनेको छ ।

आगामी १५ सेप्टेम्बरमा आयोजना हुने उक्त प्रतियोगिता प्रथम हुनेलाई एउटा बोका पुरस्कार दिइनेछ । त्यस्तै, दोस्रो हुनेलाई २० किलो बराबरका कुखुरा दिइनेछ भने तेस्रो पुरस्कार १५ किलो माछा छ ।

त्यस्तै चौथो पुरस्कारको रुपमा २ सय वटा अण्डा दिइने आयोजकले जनाएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment