Comments Add Comment

७७ वर्षको उमेरमा डुंगाबाट संसार घुमेर विश्व रेकर्ड

यात्रा गर्न जो कोहीलाई मन पर्दछ । तर कतिपय भने यात्राका यतिधेरै सौखिन हुन्छन् कि जे सुकै गर्न पछि पर्दैनन् ।

बेलायतकी ७७ वर्षीया एक महिला समुद्रको बाटोबाट संसार घुम्ने सबैभन्दा बढी उमेरकी महिला बनेकी छन् । उनी आफ्नो यात्रामा एक्ली थिइन् । ३ सय २० दिनमा उनले आफ्नो यात्रा पूरा गरेकी थिइन्, जुन एक नयाँ रेकर्ड हो । आइतबार क्यानडामा उनले आफ्नो यात्रा पूरा गरेकी हुन् । योसँगै उनले आफ्नै नाममा रहेको पुराना रेकर्ड भंग गरिन् ।

३८ फिट लामो नेरिडा नामक डुंगाबाट उनले समुद्रको यात्रा तय गरेकी थिइन् । यात्राको क्रममा सामुदि्रक तुफानबाट डुंगामा क्षति पुगेको थियो ।

बेलायतको रोयल योट क्लबका अनुसार सन् २०१३ मा पनि उनले दुनियाँको चक्कर लगाएकी थिइन् । त्यस क्रममा उनले ७१ वर्षकी मिनोरु स्याटोको रेकर्ड तोडेकी थिइन् । मिनोरु सन् २००५ मा समुद्रबाट पृथ्वीको चक्कर लगाउने सबैभन्दा पाको उमेरका महिला बनेकी थिइन् ।

जेनले सन् १९९७ मा जागिरबाट अवकास लिएसँगै लोग्नेसँग डुंगाको यात्रा सुरु गरेकी थिइन् । त्यसयता दम्पत्तिले पूरै युरोप, क्यारेबियन तथा अेमरिकाको चक्कर लगाइसकेका थिए । तर सन् २००३ मा उनका पतिको मृत्यु भयो । तथापि जेनले आफ्नो डुंगायात्रा छाडिनन् । उनले सन् २००९ र २०१२ मा पनि डुंगाबाट संसार घुम्ने प्रयास गरेकी थिइन् । त्योसँगै उनी सन् २०१३ मा डुंगाबाट संसार घुमेर गिनिज बुकमा नाम लेखाएकी थिइन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment