Comments Add Comment

बुटिक उद्घाटन गर्न पुगिन् वर्षा

नायिका वर्षा राउत अहिले चलचित्रमा व्यस्त छैनन् । चलचित्र ‘जात्रै जात्रा’ सुपरहिट भएपछि वर्षाले नयाँ चलचित्रमा काम गर्न समय लगाएकी छिन् । वर्षाले अब आफूले असफल चलचित्र सहन नसक्ने भन्दै कथालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै आएकी पनि छिन् । उनै, वर्षा राउत काठमाण्डौको नक्सालमा संचालनमा आएको ‘सजिनाज् क्रियसन’को उद्घाटन गर्न पुगिन् ।

रिबन काटेर बुटिकको उद्घाटन गरेकी वर्षाले यसको बिशेषता आफूलाई मन परेको बताइन् । उनले आफूलाइ कुर्था, लेहेङ्गा, सारी मनपर्ने बताइन् । बुटिकलाई सजिना बिष्टले संचालनमा ल्याएकी हुन् । ‘नेपाली चलचित्र, म्युजिक भिडियो, फेसन शो लगायत जुनै प्रकारको प्रायोजनका लागि नयाँ र आकर्षक पहिरन डिजाइन गर्न हामीलाई आपती छैन’ सजिनाले उद्घाटन कार्यक्रममा भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment