Comments Add Comment

मलिनाको नयाँ फिल्म कुन ?

निरन्तर चलचित्र असफल हुँदा नायक–नायिका नयाँ चलचित्रमा काम गर्न हच्किएको अवस्था छ । नायिका शिल्पा मास्केले पनि नयाँ चलचित्र तत्काल नखेल्ने भन्दै आफूले परिवारलाई समय दिइरहेको बताएकी छिन् ।

नायिका मलिना जोशीले पनि तत्काल नयाँ चलचित्रमा संझौता गरेकी छैनन् । ‘मिस नेपाल २०११’ कि विजेता भएपछि मलिनाले चलचित्रमा पाइला राखेकी थिइन् । उनै, मलिनाको निरन्तर ७ वटा चलचित्र असफल भयो । ‘कलिउड’ चलचित्रमा आइटम नृत्य गरेर यो क्षेत्रमा प्रवेश गरेकी मलिनाको ‘ऋतु, झुम्की, दि विनर, रानी,  संरक्षण, लिला, तिमी हुन्छौ जहाँ जहाँ’ असफल भए ।

निरन्तर ६ वटा चलचित्र असफल भएपछि मलिनाले अहिले नयाँ चलचित्रमा साइन गर्ने सोच बनाएको देखिदैन । उनको सामाजिक संजाल अहिले घुमघामका तस्वीरले रंगिएको छ । बरु, उनको चर्चा प्रेमी सुशान्त प्रधानसँगको तस्वीरका कारणले पनि हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment