Comments Add Comment

माछापुच्छ्र्रे बैंकको कार्डहरु प्रयोग गरी सामन किन्दा छुट

२७ भदौ, काठमाडौं । माछापुच्छ्र्रे बैंकले विभिन्न अनलाईनमार्फत सामानहरु खरिद गरि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा पि्रपेड कार्ड प्रयोग गरेर सामान वा सेवा खरीद गर्दा अव कुनैपनि शुल्क नलाग्ने सुविधा ल्याएको छ । अनलाइन सपिङमा ग्राहकहरुको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै बैंकले उक्त सुविधा ल्याएको हो ।

ग्राहकहरुले बैंकको भिसा कार्ड प्रयोग गरी दराज, किराना पसल, इ-सेवा पसल लगायतका अन्य थुपै अनलाईनहरु मार्फत सपिङ्ग गर्दा उक्त सुविधा प्राप्त गर्न सक्नेछन् । यसैगरी बैंकको अन्तराष्ट्रिय भिसा कार्ड प्रयोग गरी होटल बुकिङ्ग गर्दा समेत शुल्क लाग्नेछैन ।

बैंकका कार्ड प्रयोगकर्ताहरुलाई आफ्नो कार्डमा यो सुविधा थप्न नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न बैंकले आव्हान समेत गरेको छ । थप जानकारी बैंकको वेबसाइटमा समेत उपलब्ध छ ।

बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १३६ वटा शाखाहरु, १२१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानबाटसम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १५९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment