Comments Add Comment

कांग्रेस जिल्ला सभापतिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न कमल थापाको माग

२७ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाली कांग्रेस बाँकेका जिल्ला सभापतिमाथि भएको साँघातिक हमलाको भत्सर्ना गरेका छन् ।

अध्यक्ष थापाले शुक्रबार ट्वीट गर्दै बाँके कांग्रेसका सभापति किरण कोइरालामाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरेका छन् ।

जागरण अभियानको दोस्रो चरणको क्रममा बिहीबार बाँकेको खुजरा–२ स्थित सीतापुरमा आयोजित कार्यक्रममा सत्तारुढ नेकपाका कार्यकर्ताले आक्रमण गर्दा काेइरालाको हात भाँचिएको थियो भने विद्याप्रसाद खनाल लगायत केही कार्यकर्ता घाइते भएका थिए ।

यो पनि पढ्नुहोस बाँके आक्रमणको विरोधमा प्रदर्शन गर्ने कांग्रेसको घोषणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment