Comments Add Comment

अख्तियारद्वारा सामुदायिक विद्यालयका प्रअसहित ५ जना पक्राउ

२६ भदौ, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जबाट एक सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यसहित ५ जनालाई घुससहित नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका–८ स्थित दिलिप होटलबाट शुक्रबार साँझ वीरगञ्ज–३१ वेलवा परसौनीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सहित ६ जनालाई १ लाख रुपैयाँ घुसहित नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले प्रधानाध्यापक सचिन्द्र कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो, विद्यालय व्यवस्थापन समितिका सदस्य जमिल मियाँ र इलियाश मियाँलाई सेवाग्राहीसँग एक लाख घुसलिँदै गरेको समयमा नियन्त्रणमा लिएको हो ।

करारमा शिक्षक नियुक्ति गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको छ भन्ने सूचनाको आधारमा अख्त्यिारको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment