Comments Add Comment

अमेरिकी दूतावासले भन्यो- इण्डो प्यासेफिक रणनीतिको गलत ब्याख्या भयो

२७ भदौ, काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले आफ्नो मुलुकको इण्डो प्यासेफिक रणनीतिबारे नेपालमा गलत ब्याख्या भएको गुनासो गरेको छ । शुक्रबार राजधानीमा आयोजित एक अन्तर्क्रियामा बोल्दै दूतावासका राजनीतिक तथा आर्थिक मामला प्रमुख क्लिनटन एस ब्राउनले इण्डो प्यासेफिक रणनीतिलाई डरलाग्दो अर्थमा बुझिएकोमा आश्चर्य प्रकट गरे ।

इण्डो प्यासेफिक रणनीति दक्षिण एसिया स्वतन्त्र, खुल्ला र स्थिर रहोस् भन्ने दोस्रो विश्वयुद्ध पछिको अमेरीकी चाहनाको उपज भएको उनले स्पष्ट पारे ।

‘रणनीति भन्ने बितिक्कै गोजीमा बन्दुक बोकेको व्यक्ति वा समूह जस्तो बुझियो, त्यस्तो बुझाई हो भने म भन्छु यसलाई इण्डो प्यासेफिक रणनीति होइन, नीति भनेर बुझियोस्,’ ब्राउनेले भने ।

इण्डो प्यासेफिक नीति वा रणनीतिमा आउनै पर्छ वा पर्दैन भन्ने भन्दा पनि सत्तरी वर्षदेखि नेपाललाई अमेरिकाले गरिरहेको सहयोगको निरन्तरताका रुपमा मात्रै यसलाई बुझ्न उनले आग्रह गरे । इण्डो प्यासेफिक कुनै क्लब नभएको पनि ब्राउनले स्पष्ट पारे ।

नेपालको आर्थिक विकासको आधार मजबुत बनाउन वर्तमान व्यापार घाटाको प्वाल बन्द गर्न जरुरी भएको उनले बताए । नेपालको अर्थतन्त्र बिशाल समुन्द्रमा अघि बढेको डुंगामा प्वाल परेको अवस्थामा रहेको र डुंगामा भरिदै गरेको पानीलाई चियाको कपले बाहिर फ्याक्ने जस्तो हालको अवस्था चिन्ताजनक भएको उनले बताए ।

‘अर्थतन्त्र सुधार गर्न डुंगामा भरिएको पानी फ्याक्ने होईन की प्वाल टाल्न जरुरी छ, यसका लागि अमेरिकाको सहयोग रहनेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment