Comments Add Comment

पोखरामा बिक्रमले सम्झाए अरुण थापा

२८ भदौ, पोखरा । ३० को दशक, जतिबेला पोखरेली युवा सांस्कृतिक युवा परिवार (पोयुसाप)को सुरुआत हुँदै थियो । त्यतिबेला परिवारका अधिकांश सदस्य संगीतकर्मी थिए ।

कोही गीतकार, कोही गायक त कोही संगीतकार । तिनै सदस्यमध्ये एक हुन् बिक्रम गुरुङ, जसले ‘पोयुसाप’को लामो भविष्यको परिकल्पना गरेका थिए ।

शुक्रबार साँझ पोखरा उद्योग वाणिज्य संघको हल खचाखच भरिएको थियो । ठूलो हलभरि दर्शकको थामिनसक्नु भीड थियो । कारण थियो, ‘लयमा विक्रम’ कार्यक्रम । अर्थात पोखरेली युवा सांस्कृतिक परिवार संस्थापकमध्येका १ संगीतकार विक्रम गुरुङको सम्मानका आयोजना गरेको एकल रचना वाचन ।

‘तपाईंहरु अरुण थापाको आवाज सुनेर मेरो आवाज सुन्न आउनु भएको छ,’ स्टेजमा उक्लिँदै गुरुङले अरुण थापालाई सम्झिए, ‘अब म तपाईंहरुलाई अरुण थापा र मेरो औपचारिक सम्बन्धको पहिलो गीत सुनाउँछु ।’ कार्यक्रमको पहिलो गीत गाए, ‘कतै टाढा तिमीबाट पुगें भने पर्खेर नबस्नू… ।’

बिक्रम तिनै गीतकार, संगीतकार हुन्, जसले अरुण थापालाई ‘अरुण थापा’को परिचय दिए । आँखाको निद खोसी लाने…, जति माया लाए पनि…. भुलूँभुलूँ लाग्यो मलाई सपनीमा.. लगायत चर्चित गीतका सर्जक उनले शुक्रबार तिनै गीतसहित करिब २ दर्जन गीत दर्शकलाई पस्किए र वाहवाही पाए ।

स्रष्टा गुरुङको प्रस्तुतिमा सामूहिक गीततर्फ भने अजुदा थापा, प्राप्ती तुलाचनलगायतले साथ दिएका थिए । उनले आफूले रचना गरेका सिर्जना क्रमबद्ध तरिकाले दर्शकलाई पस्केका थिए । उनी पोखराकै पहिलो ब्यान्ड अन्नपूर्ण ब्यान्डका समेत संस्थापक हुन् ।

कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका सल्लाहकार साहित्यकार तीर्थ श्रेष्ठले विक्रम गुरुङ संस्थाको जग ढुंगा भएको बताए । ‘अरुण थापालाई अरुण थापा बनाउने होइन । पोखरामा पहिलोपटक ब्यान्ड खोल्नेदेखि संगीतका क्षेत्रमा धेरै गर्नुभएको छ,’ उनले भने । कार्यक्रममा विक्रमलाई पोखरामा क्रियाशील विभिन्न सांस्कृतिक संस्थाले संयुक्त अभिनन्दन गरेका थिए ।

यो पनि पढ्नुहोस जसले अरुण थापालाई चिनाए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment