Comments Add Comment

राष्ट्रिय च्याम्पियन रशिला तीन उपाधि नजिक

२७ भदौ, काठमाडौं । राष्ट्रिय च्याम्पियन रशिला महर्जन नवौं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याकिङ ब्याडमिन्टन प्रतियोगिताको तीन उपाधि नजिक पुगेकी छिन् ।

राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा इटहरीमा जारी प्रतियोगितामा राष्ट्रिय च्याम्पियन रशिलाले महिला एकल, महिला युगल र यू–१७ गरी तीन विधाको उपाधि नजिक पुगेकी हुन् । सेनाकी रशिलाले महिला एकलमा सातौं संस्करणकी विजेता जेशिका गुरुङलाई २१–१७, १८–२१ र २१–१३ ले तथा छात्रा यू–१७ तर्फ राजधानी युथ क्लब मोरङकी रोज पाण्डेलाई २१–९ र २१–१६ ले पन्छाउँदै फाइनलमा पुगेकी हुन् ।

अब रशिलाले उपाधिका लागि महिला एकलमा अघिल्लो संस्करणकी विजेता नङ्शलदेवी तामाङसँग प्रतिस्पर्धा गर्ने छिन् । रशिला अघिल्लो संस्करणमा सेनाबाट प्रतिनिधित्व गरेकी तामाङसँगै पराजित भएकी थिइन् । अहिले भोजपुरबाट खेलेकी तामाङले राजधानी युथ क्लब, मोरङकी सीमा राजवंशीलाई २१–१७ र २१–१२ ले पराजित गर्दै फाइनल यात्रा तय गरेकी हुन् ।

त्यसै गरि महिला युगलमा रशिलाले सेनाकी रञ्जना भट्टसँग मिलेर बाँकेकी सम्झना शर्मा र मोरङकी सिमा राजवंशीको जोडीलाई २१–१५ र २१–१७ ले पराजित गर्दै फाइनलमा एपीएफका जेशिका गुरुङ र पुजा श्रेष्ठको जोडीसँगको भेट पक्का गरेका हुन् । यू–१७ तर्फ रशिलाले राजधानी युथ क्लब, मोरङकी सीमा राजवंशीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छिन् ।

इटहरी रंगशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामीले भोजपुरका पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठलाई २१–१२ र २१–१४ ले पन्छाउँदै फाइनलमा चीर प्रतिद्वन्दी पूर्व राष्ट्रिय च्याम्पियन सेनाका रत्नजित तामाङसँगको भेट पक्का गरे ।

अघिल्ला सात संस्करणका विजेता रत्नजितले आफ्नै क्लबका नविन श्रेष्ठ माथि २१–१४ र २१–१९ को जित निकाले । यसैगरी दिपेश र रत्नजीत युगलमा पनि उपाधीका लागि भिड्ने भएका छन् । युगलतर्फ दिपेशले विजित थापा मगरसँग मिलेर बाँकेका रियाज अन्सारी र ईरफान अन्सारीलाई २१–१५ र २१–१७ ले पन्छाए । त्यस्तै रत्नजीतले नविन श्रेष्ठसँग मिलेर सेनाकै प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई २१–१५ र २४–२२ को कठिन जित निकाले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment