Comments Add Comment

साविक विजेता म्यान्चेस्टर सिटीमाथि नर्विचको सनसनीपूर्ण जित

Photo Credit : प्रिमियर लिग

२९ भदौ, काठमाडौं । नर्विच सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यान्चेस्टर सिटीमाथि सनसनीपूर्ण जित निकालेको छ ।

शनिबार राति भएको खेलमा घरेलु टिम नर्विचले म्यान्चेस्टर सिटीलाई ३–२ गोल अन्तरले पराजित गर्न सफल भएको हो । नर्विचको जितमा केनी म्याकलिन, टोड क्यान्टवेल र टेमु पुक्कीले गोल गरे । यता, म्यान्चेस्टर सिटीका लागि भने सर्जियो अगुइरो र रोड्रिगोले गोल गरे ।

नर्विच सिटीले खेलको १८औं मिनेटमा नै अग्रता लिन सफल भयो । उसका लागि म्याकलिनले गोल गरेका थिए । खेलको २८औं मिनेटमा क्यान्टवेलले गोल गरेपछि म्यान्चेस्टर सिटीविरुद्ध नर्विच सिटी २–० गोलले अघि रह्यो । खेलको ४५औं मिनेटमा अगुइरोले गोल गरेपछि म्यान्चेस्टर सिटी पहिलो हाफमा २–१ गोलले पछि परेको थियो ।

खेलको ५० औं मिनेटमा पुक्कीले अर्को गोल थप्न सफल भयो । योसँगै नर्विच सिटी म्यान्चेस्टर सिटीविरुद्ध ३–१ गोलले अघि रहेको थियो । खेलको ८८औं मिनेटमा रोड्रिगोले गोल गर्दै म्यान्चेस्टर सिटीलाई ३–२ गोलको स्थितिमा पुर्‍याए पनि जित दिलाउन सकेनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment