Comments Add Comment

प्रतिनिधिसभा बैठक बस्दै, सांसद्का प्रश्नको पर्यटन मन्त्रीले जवाफ दिने

२९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संघीय संसदमा सांसदहरूका प्रश्नको जवाफ दिने भएका छन् ।

आइतबार मध्याह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उनले मन्त्रालयका कामकारबाहीबारे मौखिक प्रश्नहरूको उत्तर दिन लागेका हुन् ।

त्यस्तै आजकै बैठकमा गृह मन्त्री रामबहादुर थापा बादलले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन’ र ‘प्रहरी समायोजन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन’ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७६’ पेस र प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘वातावरण संरक्षण विधेयक, २०७५’ राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment