Comments Add Comment

प्रमोद र मेलिनाको स्वरले ‘रातो टीका’लाई न्याय गर्यो त ?

पुराना नेपाली चलचित्रका गीतहरुलाई नयाँ चलचित्रमा समावेश गर्ने क्रम अहिले बढ्दो छ । बलिउडमा त यो क्रम चलेको लामै भैसक्यो । तर, पुराना गीतकै तिर्खा मेटाउन नयाँ मेकरलाई सजिलो भने छैन ।

चलचित्र ‘यात्रा’मा समावेश गरिएको ‘चट्ट रुमाल क्या मालुम’ बोलको गीतले दर्शकको निकै नै गाली खायो । चलचित्र ‘आफ्नो मान्छे’को गीतलाई निर्माता केशव भट्टराइले ‘यात्रा’मा समावेश गरेका थिए । तर, चलचित्रको अडियो र भिडियो दुबै कमजोर रहेको भन्दै चर्को आलोचना पनि भयो ।

यसैले पनि निर्माता तथा निर्देशक अशोक शर्मा आफूले नै बनाएको चलचित्र ‘अल्लारे’मा समावेश ‘रातो टिका निधारमा’ बोलको गीतलाई आफूले नै बनाएको नयाँ चलचित्र ‘रातो टिका निधारमा’मा समावेश गर्न डराएका थिए ।

गायक प्रमोद खरेल समेत रिमेक भर्सन गाउन तयार थिएनन् । तर, गीत सार्वजनिक भएपछि अहिले प्रमोदको स्वरको तारिफ भैरहेको छ । गायिका मेलिना राइको स्वरले पनि न्याय गरेको भन्दै प्रतिक्रिया युटुबमा मिलेका छन् ।

उमेश पाण्डे र रमना श्रेष्ठले गाएको गीतलाई नयाँ शैलीमा प्रमोद र मेलिनाले गाएका छन् । तर, गीत हेरेर प्रतिक्रिया दिने अधिकांशले प्रमोद र मेलिनाको स्वरको प्रशंसा गरेका छन् । यसैले पनि आलोचना निकै नै कम पाएका कारण पनि प्रमोद र मेलिनाले गीतलाई न्याय गरेको भन्न सकिन्छ ।

भिडियोमा भने केही कमजोरी रहेको दर्शक प्रतिक्रिया छ । विशेषगरि, कोरियोग्राफीमा भिडियो केही कमजोर बनेको छ । तर, निर्माता तथा निर्देशक अशोक शर्माले राम्रो बनाउने प्रयास भने गरेका छन् ।

राजेश हमाल र करिश्मा मानन्धरको जस्तो इनर्जी गीतमा नयाँ नायक अंकित शर्मा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले दिन सकेका छैनन् । तर, गीत र भिडियोले पुरानो गीत र भिडियोलाई धेरै हदसम्म न्याय दिएको छ भन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment