Comments Add Comment

उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नेलाई कठघरामा ल्याउँछौंः महर्जन

२८ भदौ, ललितपुर । उपभोक्ता अधिकारका निम्ति क्रियाशिल राष्ट्रिय उपभोक्ता मञ्चले आफ्नो १४ औ स्थापना दिवस तथा साधारणसभा सम्पन्न गरेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको सभापतित्वमा बालकुमारीमा आयोजित कार्यक्रमको उद्घाटन संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता समितिका सभापति विमलप्रसाद श्रीवास्तवले गरेका थिए ।

कार्यक्रममा बोल्दै सभापति श्रीवास्तवले आम उपभोक्ताको हक र अधिकारका निम्ति राष्ट्रिय उपभोक्ता मञ्चले निर्भयका साथ अभियान सञ्चालन गर्दै आएको बताए । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता, ब्यवसायी र सरकारबीच पुलको रुपमा मञ्चले काम गर्दै आइरहेको उल्लेख गर्दै उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कानुनको कठघरामा उभ्याउन मञ्च लागि पर्ने प्रतिवद्धता जनाए ।

प्रतिनिधिसभाका सांसद कृष्णलाल महर्जन तथा प्रदेश सांसदद्वय ज्ञानेन्द्र लाल शाक्य र माधव पौडेलले मंचलाई वार्षिकोत्सवको शुभकामना ब्यक्त गरेका थिए । त्यस्तै, वाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले राष्ट्रिय उपभोक्ता मञ्चले आम उपभोक्ताहरुको उपभोग्य अधिकारको सुनुश्चितताका लागि खेल्दै आएको भूमिकाको स्रहना गरे ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशन आम उपभोक्ताको चाहना अनुरुप अघि बढेको जनाउदै आम उपभोक्ताको सुनिश्चित गर्न राष्ट्रिय हितका निम्ति उपभोक्ता मञ्चजस्ता संघ–संस्थाको अपरिहार्यता रहने औल्याइन् । कृषि विभागकी उप महानिर्देशक जानुका पण्डितले नेपाल सरकारसँग सहकार्य गर्दै मञ्चले उपभोक्ताको हितमा काम गर्दै आएको बताइन् ।

कार्यक्रममा उपभोक्ताको हकहितका निम्ती आ-आफ्नो क्षेत्रबाट योगदान पुर्‍याए बापत विभिन्न ब्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । सम्मानित हुनेमा नियामक निकायतर्फ मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद जोशी, पत्रकारिता तथा संचारको क्षेत्रबाट कर्पोरेट म्यागाजिनका अध्यक्ष तथा सम्पादक उज्ज्वल जङ शाह र रेडियो नेपालमा कार्यरत गीता तिमील्सेना, जिल्ला शाखाबाट सिल्धुली र मुगुका अध्यक्षद्वय मिनप्रसाद घिमिरे तथा चित्रबहादुर मल्ल र मंचका केन्द्रिय सल्लाहकार प्रा. डा. राजेन्द्र सुवाल र चन्द्रबहादुर डाँगी, रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment