Comments Add Comment

एशियन साम्बोमा नेपाली खेलाडीलाई ५ पदक

२९ भदौ, काठमाडौं । भारतको नयाँ दिल्लीमा जारी एशियन साम्बो प्रतियोगितामा नेपालले पाँच पदक जित्न सफल भएको छ । तीन जनाले रजत र दुई खेलाडीले कास्यपदक जितेका हुन् ।

प्रतियोगितामा सहभागी नेपाली टोलीका साब्बारानी महर्जन, रचना लामा र मीरा पौडेलले रजत पदक हात पारे । त्यसैगरी निरज भण्डारी र भगवाती माझीले कास्य पदक जिते ।

प्रतियोगिताका लागि नेपाली टोली गत मंगलबार भारत गएको थियो । सेप्टेम्बर १० देखि सुरु भएको प्रतियोगिता १६ तारिखसम्म चल्नेछ । प्रतियोगितामा नेपालसहित ४४ वटा राष्ट्रका खेलाडीको सहभागीता रहेको नेपाल साम्बो फेडेरेसनका उपाध्यक्ष रमेश पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment