Comments Add Comment

पर्सिजा जाकार्ताको जितमा रोहितको गोल

२९ भदौ, काठमाडौं । नेपाली फुटबलर रोहित चन्द आबद्ध रहेको पर्सिजा जाकार्ताले इन्डोनेसियामा जारी लिगा वान फुटबलमा जित हात पारेको छ ।

आइतबार दिउँसो भएको खेलमा पर्सिजा जाकार्ताले पीएसआईएस क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । पर्सिजा जाकार्ताको जितमा रोहित चन्द र मार्को सिमिकले गोल गरे । यता, पीएसआईएसका लागि भने सेप्टियन डेविड मौलनाले गोल फर्काए ।

खेलको ४५ औं मिनेटमा मार्को सिमिकको गोलबाट अग्रता लिएको जाकार्ताले दोस्रो हाफमा रोहितको गोलबाट २–० गोलको अग्रता लिएको थियो । रोहितले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए ।

खेलको ६३ औं मिनेटमा पीएसआईएसका लागि डेविडले गोल गर्दै खेल २–१ गोलको स्थितिमा ल्याएका थिए । तर, बाँकी समयमा जाकार्ताले रक्षात्मक खेल खेल्दै जित हात पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment