Comments Add Comment

रोहद्गी जुरिष्ट अवार्डबाट न्यायाधीश सिन्हा सम्मानित

२९ भदौ, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा मेनन इन्स्टियूट अफ लिगल एड्भोकेसी ट्रेनिङ सेन्टर तथा सोसाईटी अफ इन्डियन ल फर्मबाट प्रदान गरिने प्रोफ्रेसर (जस्टिस) ए. भी. रोहद्गी जुरिष्ट अर्वाड २०१९ वाट सम्मानित भएका छन् ।

शनिवार भारतको केराला राज्यमा भएको कार्यक्रममा एक समारोहका बीच न्यायाधीश सिन्हा रोहद्गी जुरिष्ट अर्वाडबाट सम्मानित भएका हुन्। उनलाई भारतको पूर्व न्यायाधीश हाल केराला राज्यका साईरिक जोसेफले सम्मान गरेका थिए । मेनन इन्स्टियूट अफ लिगल एड्भोकेसी ट्रेनिङ सेन्टर तथा सोसाईटी अफ इन्डियन लबाट प्रत्येक बर्ष दक्षिण एशियाका विभिन्न मूलुकहरुमा कार्यरत न्यायाधीशहरुलाई विशेषज्ञताका आधारमा सम्मान गर्दै आएको छ ।

दक्षिण एशियाको कानुनी क्षेत्रमा यो पुरस्कार न इन्स्टिच्युट निकै लोकप्रिय छन् । यो पुरस्कार भारतको कानुनी क्षेत्रका मुर्धन्य व्यक्तित्व प्रोफेसर एन आर माधव मेननको नामबाट स्थापना भएको हो ।

मेनन् भारतको बैंङ्लोरमा स्थापना भएको नेशनल ल स्कुल अफ इन्डिया युनिभर्सिटी तथा नेशनल जुडिसियल एकेडेमी भोपालको फाउण्डर डाईरेक्टर तथा संस्थापक उपकुलपति थिए । प्रोफ्रेसर (जस्टिस) ए. भी. रोहद्गी जुरिष्ट अर्वाड उनकै नामबाट  स्थापना गरिएको हो ।

नेपालका न्यायाधीश सिन्हासँगै भुटानका प्रधानन्यायाधीश छिरिङ् वाङ्चुकलाई सिल्फ- मिलाट साउथ एसियन एडुकेशन एक्सेल्नस अर्वाड प्रदान गरिएको थियो । यो संस्थाका नामबाट विभिन्न ६ वटा विधामा कानुनक्षेत्र उल्लेख्य योगदान पुर्याउने दक्षिण एसियाका विभिन्न व्यक्तित्वहरुलाई प्रदान गरिने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment